पर्यटक बसको ठक्करले एकजनाको मृत्यु

पर्यटक बसको ठक्करले एकजनाको मृत्यु

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पर्यटक बसको ठक्करबाट एकजना पैदलयात्री वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा स्थानीय ७८ वर्षीय सम्मरबहादुर रानाभाट रहेका छन्। पोखराबाट काठमाडौँ जाँदै गरेको बा.१ प ९२७ नम्बरको पर्यटक बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा रानाभाट गम्भीर घाइते भएका थिए।

उनको दमौलीस्थित प्रादेशिक अस्पताल उपचारकै क्रममा मृत्यु भएको हो। उनलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।

Logo