आज मन्त्री परिषद् र प्रतिनिधिसभाको बैठक बस्दै

आज मन्त्री परिषद् र प्रतिनिधिसभाको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेबाट बस्दैछ । आजको बैठकमा सभामुख डोलप्रसाद डीपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।

यसैगरी, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ । बैठकमा आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने छ ।

यता नेपाल–भारत सीमालाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अघि बढ्न नदिने विपक्षी दलहरूको अडान छ । अहिलेसम्म सत्तारुढ र विपक्षी दलबीच सदन खुलाउने विषयमा सहमति भइनसकेकोले आज पनि सदन निर्वाध चल्ने विषयमा संशय कायमै छ ।

त्यस्तै आज प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ ।

Logo