पक्राउ परेका मेयर सिंहविरुद्धको मुद्दा रेग्मीको इजलासमा

पक्राउ परेका मेयर सिंहविरुद्धको मुद्दा रेग्मीको इजलासमा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । लिखतसम्बन्धी कसुरमा पक्राउ परेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्धको मुद्दा एक नम्बर न्यायाधीशको इजलासमा परेको छ ।

जिल्ला अदालत पर्साका मुख्यन्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा मेयर सिंहको मुद्दा परेको हो । अब उक्त मुद्दामा बयान लिने काम सुरु हुनेछ, त्यसपछि थुनछेक बहस हुनेछ । बहसपछि अदालतले मेयर सिंहलाइ पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्नेबारे आदेश दिनेछ।

१२ जेठमा पर्सा जिल्ला अदालतले सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेपनि प्रहरीले १० दिनपछि आज उनलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो। सिंहमाथि एक जना युवतीको नक्कली हस्ताक्षर गरी जन्म दर्ता, नागरिकता र राहदानी बनाएर लिखतसम्बन्धी कसुर गरेको आरोप लागेको छ ।

Logo