केही ठाउँमा पानी पर्ने, तराईमा तातो दिन हुने

केही ठाउँमा पानी पर्ने, तराईमा तातो दिन हुने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जसको कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू- भागमा साधारणतया बादल लाग्नेछ र सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका एक -दुई स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ । ती स्थानमा सतर्कता अप्नाउन विभागले अनुरोध गरेको छ ।

आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश र बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Logo