सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन, कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री फेरिए

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन, कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री फेरिए

केन्द्रबिन्दु
0
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। सोमबार गरिएको पुनर्गठनअनुसार नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । पुनर्गठनअनुसार बेलबहादुर रानामगर सामाजिक विकास मन्त्री, विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री तथा मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

त्यस्तै, मधु भारती सामाजिक विकास राज्यमन्त्री तथा जुना दानी आर्थिक मामिला राज्यमन्त्री नियुक्त भएकी छन् । दुवै राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले सोमबारदेखि नै आआफ्नो जिम्मेवारी सम्हाल्ने जनाइएको छ।

Logo