विवादित लाम्पाटामा अस्थायी सुरक्षा बेश स्थापना गर्न पुग्यो सशस्त्र प्रहरी

विवादित लाम्पाटामा अस्थायी सुरक्षा बेश स्थापना गर्न पुग्यो सशस्त्र प्रहरी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सशस्त्र प्रहरीको टोली बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा पुगेको छ । जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली जेठ आज शनिबार त्यहाँ पुगेको हो । लाम्पाटामा अस्थायी सुरक्षा बेश स्थापनाको तयारी गरिएको छ ।

अस्थायी सुरक्षा बेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय गर्ने सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्रको टोली प्रहरी निरीक्षकको कमाण्डमा त्यहाँ खटिएको छ । केही दिनयता सो क्षेत्र अशान्त बनेको थियो । सीमा विवादलाई लिएर बाजुराको हिमाली गाउँपालिकाको स्थानीय युवा क्लबले कर्णाली करिडोरअन्तर्गतको धुलाचौर सडक खण्ड अवरुद्ध गरेको छ । बिहीबार रातिबाट सडक बन्द गरिएपछि हुम्लाबाट बाहिरिने र भित्रिने बस, ट्रकलगायत साना सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।

बाजुराका स्थानीयले कर्णाली करिडोर बन्द गराएपछि हुम्लाका बासिन्दा भने आन्दोलनमा उत्रिएका छन् । दुवै जिल्लाको सीमा क्षेत्र लाम्पाटा–च्याचौरमा सीमा विवादका कारण जेठ ५ गते झडप भएको थियो । झडमा परी बाजुराका ४ जना घाइते भएका थिए ।

Logo