सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो । आज बिहान घरबाट बाहिर निस्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।
हात्तीले कुल्चँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ । झापामा हरेक वर्ष हात्तीको आक्रमणबाट मान्छेको ज्यान जाने गरेको छ ।





























प्रतिक्रिया