प्रधानमन्त्री बालेन बसेको चितवनको लटौली रिसोर्टको सूचना चुहाएको विवाद, हटे ४ कर्मचारी

प्रधानमन्त्री बालेन बसेको चितवनको लटौली रिसोर्टको सूचना चुहाएको विवाद, हटे ४ कर्मचारी

केन्द्रबिन्दु
15
Shares

चितवन । चितवनमा आयोजित रास्वपाको पहिलो महाधिवेशनका बेला प्रधानमन्त्री बालेन शाह बसेको लटौली सेन्चुरी रिसोर्टका सञ्चालक र उच्च तहका कर्मचारीबीच सूचना चुहाएको विषयका विवाद भएको छ । यही विवादका कारण चार कर्मचारी हटेका छन् ।

चितवनको कालिका नगरपालिका–९ शक्तिखोरमा रहेको रिसोर्ट सञ्चालक ज्ञानेन्द्र खड्काले रिसोर्टमा आएका पाहुना र रिसोर्टका सूचना चुहाएको आरोप उच्च तहका कर्मचारीहरुलाई लगाएपछि विवाद भएको थियो । रिसोर्टमा सञ्चालकसँग विवाद उत्पन्न भएपछि जनरल म्यानेजर रोशन पुरीसहितका चार जना कर्मचारीहरु हटेका हुन् ।

नेटवर्किङको काम गरेर ठगी गरेको, विवादास्पद व्यापारी गणेश लामासँग उत्पन्न विवाद, बिट क्वाइन र क्रिप्टोकरेन्सी जस्ता विषयमा रिसोर्ट सञ्चालक खड्का विवादमा मुछिएको लगायतका समाचार सार्वजनिक भएपछि खड्का थप आक्रोशित बनेका थिए ।

रिसोर्टमा कार्यरत तल्लो तहका कर्मचारीहरुलाई जासुस जस्तो बनाएर परिचालन गर्ने र काम लगाउँदा खड्कासँगको चिनजानको सम्बन्ध देखाएर कतिपय स्थानीय कर्मचारीहरुले अटेर गर्न थालेको रिसोर्टबाट हटेका एक उच्च तहका कर्मचारीले बताए ।

रास्वपाको चितवनमा असार ७ गतेदेखि सुरु भएको महाविधेशनका बेलामा प्रधानमन्त्री बालेन शाह परिवारसहित रिसोर्टका १६ वटा कोठा बुक गरेर ३ दिनसम्म बसेका थिए । उनी रिसोर्टमा बसेको बेला त्यहाँ कार्यरत धेरै कर्मचारीहरुलाई बिदा दिइएको थियो भने सीसीटीभी क्यामेरा बन्द गर्न लगाइएको थियो । सो विषय सञ्चारमाध्यममा गएको बारेमा पनि उनले पटकपटक चासो राख्दै आएका थिए ।

Logo