गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल

गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटमा वर्तमान सुरक्षा अवस्था र निर्वाचन सुरक्षा चुनौतीलगायत विषयमा छलफल भएको बताइएको छ । सरकारले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ । सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षा योजना तयार गरिरहेको छन् ।

Logo