विभिन्न नक्कली मदिरा बनाउने कारखानामा प्रहरीले छापा मारेको छ ।
आयातित मदिरा डबल ब्ल्याक, ब्ल्याक लेबल र रेड लेबल डुब्लिकेट (नक्कली) बनाउने कारखानामा प्रहरीले छापा मारेर संचालकसहित ५ जनालाई पक्राउ गरेको छ । भक्तपुरको दुवाकोटमा संचालित कारखानामा छापा मारेर नक्कली मदिरा समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा कारखानाका संचालक दोलखाको भीमेश्वर घर भएका भगवान बस्नेत र दोलखाको कालिञ्चोक घर भएका हरि वली छन् । प्रहरीले कारखानाबाट प्रहरीले ठुलो परिमाणमा ब्ल्याक लेबल, डबल ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनियल्स र नेपाली भोड्का बरामद गरेको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित घनश्याम मैनालीको घर भाडामा लिएर अरोपीतहरुले नक्कली मदिरा तयार गर्ने गरेका थिए । वल्ड दरबार नामको मदिरासँग पानी र केमिकल मिसाएर ब्ल्याक लेबल र डबल ब्ल्याक लेबल बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।





























प्रतिक्रिया