म्हेपीबाट अवैध लागू औषधसहित दुई जना पक्राउ

म्हेपीबाट अवैध लागू औषधसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिका-१६ म्हेपीबाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ जियाजो बस्ने ३१ वर्षीय प्रभु माझि समेत दुई जना रहेका छन् ।उनीहरुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट डाईजेपाम ५९ एम्पुल, नुर्फिन ४० एम्पुल, फेनारगन ६० एम्पुल र नाईट्राभेट ३ सय १५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माझिले बोकेको झोलामा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

Logo