पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा बुधबार राति ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
निस्दी गाउँपालिकाबाट कच्ची भित्रीसडक हुँदै पूर्वखोलातर्फ आउँदै गरेको ट्याक्टरले किचेर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । लु ३ त ६२५९ नम्बरको ट्याक्टरको ट्रलीमा बसेर यात्रा गरेका सारु एक्कासि खस्दा बाँयापट्टिको टायरले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया