कालीकोटको देव माध्यमिक विद्यालयका प्रधानाध्यापक देउला सिंह ठकुरीलाइ किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
महावै गाउँपालिका–३ का ५४ वर्षका ठकुरीलाई आफ्नो र लेखापालको संयुक्त नाममा रहेको विद्यालयको चेकमा लेखापालको दस्तखत किर्ते गरेको आरोपमा शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । ठकुरीले विद्यालयको खाताबाट १७ लाख रुपैयाँ भन्दा धेरै रकम निकालेको र दस्तखत किर्ते गरेको कसुरमा गएको पुस २१ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा उजुरी दर्ता भएको थियो । पक्राउ परेका प्रधानाध्यापक ठकुरीका बारेमा थप अनुसन्धान भइरहेको कालीकोटका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।





























प्रतिक्रिया