अवैध सालसहित एक जना पक्राउ

अवैध सालसहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

महोत्तरीमा प्रहरीले अवैध सालको काठ वरामद गरेको छ ।

शुक्रबार बर्दिबास स्थित वडा न. १४ को भित्री सडकबाट ट्याक्टरमा लोड गरेर लैजादै गरेको ७९.१ क्युफिट सालको काठ वरामद गरेको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाँडाबाट खटिएको प्रहरीले २–०३–००१ त १११३ नम्बरको ट्याक्टरमा लोड गरेको काठ सहित उक्त ट्याक्टरका चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडा न.१४ का नै २३ बर्षिय विशाल मगर छन् । उनलाई पक्राउ गरि थप अनुसन्धानको लागी सव–डिभिजन कार्यालय माइस्थान पठाइएको इलाका प्रहरी कार्यालय गौरिडाँडाले जनाएको छ ।

 

Logo