महोत्तरीमा गाँजासहित एक जना पक्राउ

महोत्तरीमा गाँजासहित एक जना पक्राउ


महोत्तरीमा लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।

४ केजी ५ सय ग्राम गाँजा र सुकिनसकेको ६० वटा गाँजाका बोटसहित महोत्तरीको एकडारा गाउँपालिका वडा न. ५ बस्ने नवल किशोर मण्डललाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार बेलुका मण्डलकै घरबाट उक्त गाँजा फेला पारेर उनलाई तत्काल पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक प्रकाश पोखरेलले जानकारी दिए । प्रहरीले मण्डललाई जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रियालाई अगाडि बढाए जनाएको छ ।
 

Logo