कल सेन्टर चलाएर ठगी गर्ने २३ जना ९० थान कम्प्युटरसहित पक्राउ

कल सेन्टर चलाएर ठगी गर्ने २३ जना ९० थान कम्प्युटरसहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

जनकपुरमा  कल सेन्टर चलाएर ठगी गरेकाे आरोपमा २३ जना पक्राउ परेका छन् ।

जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइन ठगी गरेकाे आरोपमा   प्रहरीले ९० थान कम्प्युटरसहित ९ महिलागरि २३ जनालाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट दुईवटा मोटरसाइकल पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएकाे छ।  उक्त कल सेन्टरका मुख्य संचालक भने फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo