३२ लाख लुटेर फरार भएका चारजना पक्राउ

३२ लाख लुटेर फरार भएका चारजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

सस्तोमा जग्गा मिलाइ दिने भन्दै ३२ लाख रकम लुटेर फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको चैत ३० गते झापाकाे अर्जुनधारा ११ विर्तामोड बसपार्क नजिकै दुई कठ्ठा जग्गा किन्नका लागि मोरङको उर्लाबारीबाट आएका बिष्णुमाया सापकोटा सुवेदी र अनिल विश्वकर्माले साथमा लिएर आएको ३२ लाख रुपैयाँ लुटेर जग्गा कारोबारी फरार भएका थिए ।

प्रक्राउ पर्नेमा रामेछाप देउराली घर भई हाल भक्तपुर बस्ने बर्ष ३९ का राजेश श्रेष्ठ, पाँचथर मिक्लाजुङ्ग घर भई काठमाडाैँ बस्ने बर्ष ५२ का जनक रेग्मी इलामबाट पक्राउ परेका छन् । यस्तै मोरङ्गको वेलबारी घर भई मेचिनगर बस्ने ५५ बर्षीय रणबहादुर पोख्रेल र कमल गाऊँपालिका झापाका ५२ बर्षीय विजय राई पक्राउ परेका छन् ।

Logo