खाणको मोबाइल पनि फर्म्याट, रिकभरका लागि प्रयोगशाला पठायो

खाणको मोबाइल पनि फर्म्याट, रिकभरका लागि प्रयोगशाला पठायो

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाणको मोबाइल बिद्यि बिज्ञान प्रयोगशालामा पठाइएको छ । 

प्रहरीले पक्राउ पर्नु अघि खाणले निलम्बित सचिव टेकनारायण पाण्डेले झैँ 'मोबाइल फरम्याट' गरेकाले ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाइएको हो। 

‘सचिव पाण्डेको मोबाइल पनि फरम्याट गरिएको थियो, प्रयोगशालामा लगेर डाटा रिकभर गरे पछि पुर्व मन्त्री खाणकाे पनि सलंग्न रहेको प्रमाण मिलेको थियो,’ एक उच्च प्रहरी अधिकृतले भने, ‘त्यसैले खाँणको पनि मोबाइल प्रयोगशालामा पठाईएको हो, डाटा रिकभरी भए पछि थप प्रमाण भेटिने आशा गरेका छौँ ।’ 

उनका अनुसार आज पनि सरकारी वकिल कार्यालयमा खाणको बयान जारी रहने छ। हालसम्म खाणले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाईके केशव दुलाल र सानु भण्डारीसँग आफनो भेटघाट र चिनजान भएको स्विकार गरेका छन् । थप अनुसन्धानका लागि सरकारी वकिलको रोहाेवरमा उनीसँग वयान लिइदैछ।

जिल्ला अदालत काठमाडौँले खाणलाई तीनसम्म हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिएको थियो। सोही अनुमति अनुसार आजसम्म खाण प्रहरी हिरासतमा नै रहेका छन् भने आजै उनलाई अदालत लगेर थप म्याद लिने तयारी प्रहरीकाे रहेको छ। 
 

Skip This
Skip This
Logo