पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेका १६ जनामाथि अनुसन्धानका लागि प्रहरीले थप तीन दिनको अनुमति पाएको छ ।  

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई मंगलबारसम्म हिरासतमा राख्न अनुमति दिएको हो । 

शरणार्थी प्रकरणमा हालसम्म प्रहरीले पूर्वउपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई पक्राउ गरेको छ । उनीहरुको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान पनि लिइएको छ । यसअघि प्रहरीलाई अदालतले आइतबारसम्म मात्रै थुनामा राख्ने अनुमति दिएको थियो ।

Logo