काठमाडौं जिल्ला अदालतले अनलाइन बेटिङको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
बिहीबार उनीहरुलाई अदालतमा उपस्थित गराएर ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई पक्राउ गरेको हो ।
यस्तै, युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटालाई पनि राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया