सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको ‘ब्रेक शु’भित्र राखेर सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका हुन् । उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको बताइएकाे छ।
रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाँग्रे सवारीको पार्टस् ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गल क्षेत्रबाट बरामद गरेको थियो । उक्त सुन मंगलबार नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा गालेर जोख्दा ६० किलो ७ सय १६ ग्राम भएको थियो।
सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् । भन्सार एजेन्ट रूक्मिना सुब्बा भने स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्। यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म अझै पुगेको छैन ।





























प्रतिक्रिया