ललितानिवास जग्गा प्रकरणमा विजय गच्छदारसहित यी हुन् २८६ प्रतिवादी [सूचीसहित]

ललितानिवास जग्गा प्रकरणमा विजय गच्छदारसहित यी हुन् २८६ प्रतिवादी [सूचीसहित]

केन्द्रबिन्दु
0
Shares

बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २८६ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको छ । 

सीआईबीले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई जग्गा हिनामिना प्रकरणको छानबिन प्रतिवेदनसहित मुद्दा प्रक्रियाका लागि आफ्नो लिखित राय बुझाएको हो । यस प्रकरणमा संलग्न बाँकी २१ जनाको मृत्यु भइसकेकाले सम्पत्तिबाट बिगो भराउन पनि भनिएको छ । 

सीआईबीले अनुसन्धान सुरु गरेको ५७औँ दिनमा मंगलबार रायसहितको प्रतिवेदन बुझाएको थियाे । जिल्ला सरकारी वकिल कार्यालयले सो मुद्दाको अभियोग पत्र  शुक्रवार सम्ममा जिल्ला अदालतमा दर्ता गरिसक्नुपर्छ ।

प्रतिवेदनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जय साह टक्ला, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायण गोपाल मलेगो, युवराज भुसालसहित सहसचिव, उपसचिव शाखा अधिकृत, सुब्बा र खरिदारसम्मका व्यक्तिविरुद्ध मुद्दा चलाउन राय दिइएको छ। 

यस प्रकरणमा शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङलाई मुख्य योजनाकार बनाइएको छ । प्रतिवेदनमा ललिता निवासका तत्कालीन भोगाधिकारी हाटक शमशेर राणालाई पनि प्रतिवादी बनाइएको छ। तर पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई प्रतिवादी बनाइएको छैन। उनीहरुलाई साक्षीको रुपमा मात्र राखिएको छ।

सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ। यसमध्ये २०६६ सालमा ‘प्रधानमन्त्री निवास विस्तार’का नाममा २५ रोपनीभन्दा बढी जग्गा प्लटिङको बाटो बनाउन र मोहीका नाममा दर्ता हुन पुगेको छ।

हेर्नुहाेस्, प्रतिवादीकाे सूची-

Logo