पूर्वसभामुख महराका छोरा राहुललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पूर्वसभामुख महराका छोरा राहुललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

केन्द्रबिन्दु
0
Shares

इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

बुधबार दिउँसो पक्राउ परेका महरालाई बिहीबार सार्वजनिक बिदा भएका कारण प्रहरीले म्याद थपका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो । अदालतले उनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

भेपमा ९ केजी सुन तस्करी गरिएको प्रकरणमा महरा परिवारको नाम जोडिँदै आएको थियाे । चिनियाँ नागरिक लीहान सोङ २०७९ पुष १० गते फ्लाई दुबईको उडानबाट नेपाल आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएको छानविनबाट पुष्टि भएको थियो । भेप शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार गोदाममा नै राखेर थप अनुसन्धान अघि बढाइएको थियो । 

भेप भन्सार गोदाममा रहेको बेला केही कर्मचारीलाई प्रयोग गरी भेप उम्काउन हानसोङ लगायतको सुन तस्कर गिरोहको टोली सफल भएको थियो । स्थानीय बजारको भेप लगेर फेर्नुअघि अर्थात सुन भएको भेप छुटाउन महरा बाबु–छोराले भन्सारका कर्मचारी,सुन ल्याउने चिनियाँनागरिक हानसोङ लगायतका गिरोहका सदस्यसँग बारम्बार टेलिफोन गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएकाे थियाे । 

Skip This
Skip This
Logo