सुन तस्करी प्रकरणः पूर्वउपराष्ट्रपतिका छाेरा दीपेशसँग सीआईबीले लियाे बयान

सुन तस्करी प्रकरणः पूर्वउपराष्ट्रपतिका छाेरा दीपेशसँग सीआईबीले लियाे बयान

केन्द्रबिन्दु
0
Shares

सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दीपेश पुनसँग बयान लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको भन्सार छलेर बाहिरिँदा सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा संलग्न गिरोहसँग दीपेशकाे कनेक्सन देखिएपछि सीआईबीले बयान लिएको हो । महाराजगञ्जस्थित ब्यूरोमै पुगेर उनले बयान दिएको बताइएको छ । 

गत साउन ३ गते ब्रेक शुमा राखेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । अहिले उक्त प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गरिरहेको छ । छ विदेशीसहित २५ जना पक्राउ गरी सिआइबीले अनुसन्धान गरिरहेको छ । त्यसमा केही भारतीय केही चिनियाँ नागरिक पनि छन् । 

यस प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी नेताहरुसँग सम्पर्क देखिएको छ । उनले रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका छन् । त्यसैले यो प्रकरणमा दिपेश पनि प्रहरी अनुसन्धानको दायरामा आएका हुन् ।

Skip This
Skip This
Logo