डेढ लाख घुससहित पोखरा महानगरपालिका सब-इन्जिनियर पक्राउ

डेढ लाख घुससहित पोखरा महानगरपालिका सब-इन्जिनियर पक्राउ

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । पोखरा महानगरपलिकाकी सब-इन्जिनियर र गोदार कन्सल्टेन्सीका प्रतिनिधिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ।

घर निर्माण भएको कागजपत्र उपलब्ध गराइदिने भन्दै घुस रकमसहित महानगरपालिकाकी सब-इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई अख्तियारले नियन्त्रणमा लिएको हो।

पोखरा महानगरपालिका-१० मा सम्पन्न घरको नक्सा दिनका लागि डेढ लाख रुपैयाँ घुस रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

Skip This
Logo