दीपेश पुनलाई धरौटीमा छाड्न अदालतको आदेश

दीपेश पुनलाई धरौटीमा छाड्न अदालतको आदेश

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना गरेको आरोपमा पक्राउ परेका उनलाई ४ लाख धरौटीमा छाड्न आदेश भएको हो।

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।

दीपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पाशाङका छोरा तथा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका महासचिव हुन्। उनी सुन तस्करी प्रकरणमा समेत जोडिएका छन् ।

Logo