विकल पौडेलविरुद्ध अख्तियारले हाल्यो मुद्दा

विकल पौडेलविरुद्ध अख्तियारले हाल्यो मुद्दा

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

आइतबार अख्तियारले निलम्बित कार्यकारी निर्देशक पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीविरुद्ध यसअघि सुरक्षण मुद्रणमा अनियमितता गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दा विशेषमा विचाराधिन अवस्थामा छ।

सेक्युरिटी प्रेसका लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा झन्डै ७० करोड भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पौडेलविरुद्ध बिगो ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ बिगो र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ।

Logo