काठमाडौं । गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।
त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरसमेतलाई विपक्षी बनाएर अनुसन्धान गरी दोषीमाथि कारवाहीको माग गर्दै रिट दायर गरेका थिए।
मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रका कार्यकर्ताबीचको २०६४ चैत २७ गते झडपमा २७ जनाको मृत्यु भएको थियो।
हत्या भएको लामो समय बितिसक्दा पनि राज्यले दोषीलाई कारबाही गर्न नसकेका भन्दै सर्वोच्चमा रिट दायर भएको हो।




















