गौर हत्याकाण्ड: सर्वोच्चले भन्यो कारण देखाऊ

गौर हत्याकाण्ड: सर्वोच्चले भन्यो कारण देखाऊ

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरसमेतलाई विपक्षी बनाएर अनुसन्धान गरी दोषीमाथि कारवाहीको माग गर्दै रिट दायर गरेका थिए।

मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रका कार्यकर्ताबीचको २०६४ चैत २७ गते झडपमा २७ जनाको मृत्यु भएको थियो।

हत्या भएको लामो समय बितिसक्दा पनि राज्यले दोषीलाई कारबाही गर्न नसकेका भन्दै सर्वोच्चमा रिट दायर भएको हो।

Logo