प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दल मौन बसेका छन् ।
प्रमुख प्रतिपक्षी एमालेले यसबारे पार्टीले धारणा बनाई नसकेको बताएको छ भने सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले नोटिसमा लिएको बताएका छ । सत्ता नेतृत्व कांग्रेसले भने यसबारे पार्टीले धारणा नराख्ने बताइसकेको छ ।
एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानन्यायाधीश प्रकरणमा पार्टीको धारणा बनिनसकेको भन्दै धारणा बनाएर सार्वजनिक गर्ने बताए ।
नेकपा एसका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले ‘प्रधानन्यायाधीश प्रकरण नोटिसमा लिइएको र अध्ययन भइरहेको’ बताए । ‘यसबारे पार्टीमा छलफल गरेका छैनौ, तर विषयवस्तु नोटिसमा लिएका छौँ । अध्ययन गर्दैछौँ,’ खतिवडाले भने ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्मै भागबन्डा लिएपछि उनीमाथि राजीनामा चर्को दबाब छ । जबराले आज सोमबारका लागि सर्वोच्च अदालतको फुलकोर्ट बोलाएका छन् । तर, सर्वोच्चका १४ न्यायाधीशले बहिस्कारको निर्णय लिएका छन् । न्युज कारखाना































प्रतिक्रिया