तत्काल बेञ्चमा फर्कनुपर्ने माग गर्दै १५ जना न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

तत्काल बेञ्चमा फर्कनुपर्ने माग गर्दै १५ जना न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

केन्द्रबिन्दु
0
Shares

१५ जना न्यायाधीशविरुद्ध अधिवक्ता कृष्ण प्रसाईँसहित ६ जनाले रिट हालेका छन् । 

न्यायाधीशहरुले बेन्च बहिस्कार गर्दा आम सर्वसाधरणहरु न्याय पाउनबाट वञ्चित भएको भन्दै शुक्रवार रिट परेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिएका छन् ।

तत्काल आफ्नो कर्तव्य पुरा गर्न न्यायाधीशहरू बेञ्चमा फर्कनुपर्ने माग गर्दै न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाश कुमार ढंगाना, सुष्मा माथेमा, कुमार रेग्मी, हरि प्रसाद फुयाँल, डा कुमार चुँडाल र नहकुल सुवेदीविरुद्ध रिट परेको हो ।

रिट निवेदकहरू अधिवक्ता कृष्ण प्रसाईँ, अधिवक्ता तायोनाथ ढुंगाना, सभ्यता नेपाल नकुल तिमल्सिना, शिवराम थापा र नेत्र प्रसाद मैनालीको उक्त रिट आजै दर्ता हुने र सम्भवतः सोमबारसम्ममा प्रधानन्यायाधीशको एकल इजलासबाटै सुनुवाइ हुने बताइएको छ । 

Logo