सरकारद्वारा मलेसिया तथा खाडी देशहरुमा भिजिट भिसामा जान रोक

सरकारद्वारा मलेसिया तथा खाडी देशहरुमा भिजिट भिसामा जान रोक

केन्द्रबिन्दु
0
Shares

सरकारले मलेसिया तथा खाडी राष्ट्रहरुमा भिजिट भिसामा जान रोक लगाएको छ। गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै माघ १० गतेदेखि अर्को आदेश नभएसम्मका लागि मलेसिया र खाडी मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको जनाएको हो । 

कोभिड-१९ ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रुपमा फैलिदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरु र मलेशियामा गई बिचल्लीमा पर्ने गरेका गुनासो, समाचार र सूचनाहरु प्राप्त भएकोले माघ १० गतेदेखि लागु हुने गरि अर्को आदेश नभएसम्मको लागि त्यस्ता राष्ट्रहरुको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको सूचनामा जनाइएको छ। 

तर सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तिय संघ संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरु, नेपालमा सामान आयात-निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधिहरु (आयात निर्यात सम्बन्धीकार्यका लागि मात्र) र व्यवसायिक कम्पनी/फर्मका सञ्चालक वा व्यवसायीहरुलाई भने अनुमति रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै खाडी राष्ट्रहरु बाहेक कम्तिमा २ वटा अन्य मुलुक पर्यटकको रुपमा भ्रमण गरिसकेका यात्रुहरु,  वार्षिक न्यूनतम ६ लाख रुपैयाँ करयोग्य आय भइ कम्तिमा सो को आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिहरु, औद्योगिक तथा व्यवसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध विशिष्ट संस्थाको विशिष्ट कार्यका लागि जानुपर्ने संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरु तथा  वैदेशिक रोजगार व्यवसायको बजार प्रबर्द्धनको लागि जाने म्यानपावर व्यवसायीहरु र बिरामी कुरुवा वा बिरामीको रेखदेखको रुपमा जाने (३ पुस्ता भित्रका) पारिवारिक सदस्यहरु भने जान पाउने मन्त्रालयले जनाएको छ। 

Skip This
Skip This
Logo