आजबाट पुन प्रधानन्यायाधीशविरुद्ध नेपाल बार एसोसिएसनले आन्दोलन गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग, न्यायालय शुद्धीकरण र सुदृढीकरणको लागि नेपाल बार एसोसिएसनले आजदेखि फेरि भौतिक रुपमा प्रदर्शन गर्ने भएको बताइएको छ ।
नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलका अनुसार आजबाट सर्वोच्च अदालत परिसरमा बिहान ११ बजेदेखि १२ बजेसम्म भौतिक रुपमा आन्दोलन हुने भएको हो ।
यसअघि बारले कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट विरोधका कार्यक्रमहरू गर्दै आइरहेको थियो । बार विगत १०५ दिनदेखि आन्दोलनमा छ ।
बारले हिजो एक विज्ञप्ति जारी गर्दै आजबाट भौतिक रुपमा शुरू हुने आन्दोलनमा काठमाडौं उपत्यकामा रहेका कानून व्यवसायीहरूलाई सहभागिताको लागि अनुरोध गरेका थिए ।































प्रतिक्रिया