तीन एआएइजी बढुवा गर्न सरकारलाई बाटो खुल्यो

तीन एआएइजी बढुवा गर्न सरकारलाई बाटो खुल्यो

केन्द्रबिन्दु
0
Shares

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बढुवा सिफारिस गरेका तीनै जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्न सरकारलाई बाटो खुलेको छ ।

लोक सेवा आयोगले वरिष्ठताका आधारमा बढुवा सिफारिस नभएको भन्दै आयोगमा परेको उजुरी खारेज गर्दै डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहको बढुवा सिफारिस सदर गरेको हो । आयोगबाट सिफारिस सदर भएसँगै सरकारलाई बढुवाको बाटो खुलेको छ ।

कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीलगायतले लोकसेवा आयोगमा उजुरी दिएका थिए ।

Skip This
Skip This
Logo