तीन डिआईजी एआईजीमा बढुवा

तीन डिआईजी एआईजीमा बढुवा

केन्द्रबिन्दु
0
Shares

सरकारले तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ । आज विहान बसेको मन्त्रिपरिषदको बैठकले  डिआइजीहरु बसन्त पन्त, रविन्द्र धानुक  र धीरजप्रताप सिंहलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले  चैत १ मा डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो ।

तर वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीले लोकसेवा आयोगमा उजुरी दिएका थिए । सो उजुरी आयोगले खारेज गरेपछि सरकारलाई बढुवामा बाटो खुलेको हो ।

लोकसेवा आयोगले तीन डीआईजीलाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई हिजो मात्रै सदर गरेको थियो । लोकसेवाले बढुवाको बाटो खोलेसंगै सरकारले उनीहरुलाई एआइजीमा बढुवा गरको हो । 

Logo