३ भदौ २०७९ शुक्रबार
1
1
1
1

अमेरिकामा हुने वृहत् नेपाली सम्मेलनको उद्घाटन विश्वप्रकाश शर्माले गर्ने

1
1
1
1
1

गैह्र आवासीय नेपाली महासंघ अमेरिकाको ११ औं सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’ यही जुलाइ ३ र ४ मा नर्थ क्यारोलिना राज्यमा हुँदैछ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने ११ औं सम्मेलनमा ११ फरक विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

विज्ञान र प्रविधि, दिगो कृषि र प्राकृतिक श्रोत व्यवस्थापन, नेपालमा लगानीको क्षेत्र र संगठित लगानी, मास मिडिया र सामाजिक संजाल, सामाजिक विज्ञान र लोककल्याण, महिला, युवा र नेपाली संस्कृति, प्रविधि र पूर्वाधार अनि नेपालका लागि नेपाली डायस्पोराको भूमिका लगायतका विषयमा कार्यपत्र प्रस्तुति पस्चात गहन छलफल हुने एनआरएन अमेरिकाले जनाएको छ।

सम्मेलनमा एनआरएन आईसीसीका अध्यक्षहरु, विभिन्न देशमा रहेका एनआरएन नेतृत्व सँगै अमेरिकाका करिब चारसय प्रतिनिधिको सहभागिता रहने जनाइएको छ

राजनीति

प्रकाशित: १७ असार २०७९ १८:४६ शुक्रबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी