दुर्दशा भन्ने शब्द परिस्थिति जनाउने शब्द हो। दशा अर्थात अवस्था र दुर्दशा अर्थात दुःखी अवस्थाको पराकाष्ठा । महाभारत कालमा पाण्डु पुत्रहरुलाई दुर्दशा लागेको थियो। "/>

एमाले कार्यकर्ताको सम्भावित दुर्दशा

एमाले कार्यकर्ताको सम्भावित दुर्दशा

केन्द्रबिन्दु
0
Shares

दुर्दशा भन्ने शब्द परिस्थिति जनाउने शब्द हो। दशा अर्थात अवस्था र दुर्दशा अर्थात दुःखी अवस्थाको पराकाष्ठा । महाभारत कालमा पाण्डु पुत्रहरुलाई दुर्दशा लागेको थियो। समय प्रतिकुल हुनु, आफन्तबाट त्यागीएर बनवास जानुपर्ने अवस्था आइपर्नु र आफ्नै मतिहिनाताको कारण आफ्नै श्रीमतीको अस्तित्वको रक्षा गर्न नसकेर शत्रुको अगाडि लाचार-लम्पसार हुनपर्ने आवस्था आइपर्नुलाई “पाण्डव हरुको दुर्दशा” भनेर बयान गरिएको छ।

नेपाली राजनीतिमा एक दिन कस्तो समय आउने छ भने एमाले नेताहरुद्वारा बोलिएका केही शब्द र केहि घोषणाहरुको कारण त्यो पार्टीका कार्यकर्ता र तल्लोस्तरका नेताहरु समाजमा मुख देखाउन नसक्ने अवस्थामा पुग्नेछन । कतै गाउलेहरुले पानीजहाज र रेलका कुरा गरेको सुने भने “कुन दिनमा ओलीको मुखबाट यो शब्द फुत्किएछ” भनेर एमालेहरु नै भित्तामा आफ्नो पुर्पुरो ठोक्नेछन। कम्युनिष्टहरुलाई दिने गाली जस्तै हुनेछन -“तुईन, पानीजहाज, रेल, ग्यास पाईप, हावाबाट बिजुली” लगायत घोषणाहरु । अवस्था यहि रहेमा कमरेड ओलीले आम कम्युनिष्टहरुलाई समाजमा घुलमिल हुनै नसक्ने बनाएर छोड्ने निश्चित जस्तै भएको छ।

दुरदराज र दुर्गममा एमालेको राजनीति गर्ने युवा कम्युनिष्ट नेता र कार्यकर्ताहरु बाटोमा हिड्दा -“उ रेल वाला नेता आयो” “उ पानीजहाज वाला गफाडी आयो” भनेर एमाले समर्थकहरु मजाकको पात्र बन्नेछन । कोही कतै पुग्न ढिलो गर्यो भने तुईन हटाएर केवलकार नै जोड्न थाल्यो क्या हो साह्रै ढिलो पो गर्यो त भनेर मजाक गरिने छ । किन ढिलो आईस ? रेल छुट्यो र ? भनेर ढिलो आउने कम्युनिष्टहरुको यो समाजले दोहोलो काढ्ने निश्चित छ।

ओलीको योजनाबिहिन घोषणाहरुलाई समर्थन गर्ने जुन तदारुकता र ईच्छा शक्ति एमाले कार्यकर्ताहरुले अहिले देखाएका छन् । त्यही तदारुकता र ईच्छाशक्ति ओलीका घोषणाहरु असफल हुदा उनको प्रतिरक्षा गर्न पनि देखाउनै पर्ने हुन्छ। त्यसको उदाहरण महेश बस्नेतले दिएका छन्। पानीजहाजको बिषयमा मजाक गर्नेलाई साइबर क्रईम कानुन अन्तर्गत कारवाही गरिनुपर्छ भन्ने अभिव्यक्ति दिएर उनले भविष्यमा ओलीवाणीको प्रतिरक्षा एमालेहरुले कसरी गर्नेछन भन्ने उदाहरण पेस गरेका छन् ।

भोलिको दिनमा पानीजहाज किन आएन भनेर कसैले प्रश्न गर्यो भने एमालेहरु त्यसरी प्रश्न सोध्नेको करंग भाचिने गरि ठोक्न तम्तयार भएर बस्नुपर्ने अवस्था सृजना हुने देखिन्छ। रेल किन आएन भनेर सोध्नेलाइ थुन्न छुट्टै थुनुवा कोठाको आवस्यकता नपर्ला भन्न सकिदैन। हेर्दा हेर्दै हाम्रो देशमा ओली बिरोधिहरुलाई थुन्ने बेग्लै जेल नबनाई नहुने अवस्था देखिन्छ । बिरोध त हुन्छ नै, ओलीका हरेक उडन्ते घोषणाहरुप्रति व्यंग्य हुनेछन । घोषणा अनुसार काम नहुने बित्तिकै समाज चुप लागेर बस्दैन । किनकि सिंगै समाज ओलीको भक्तिगानमा रमाउने खाले छैन ।

एमाले कार्यकर्ता र ओलीका सिपाहीहरु जनताले हावाबाट बिजुली निकाल्ने बिषयमा मजाक गर्दा पनि प्रतिरक्षामा उत्रनुपर्ने । घरघरमा चुल्हा चुल्हामा पाइप मार्फत ग्यास भनेका छन्। सिलिन्डर युगको अन्त्य हुनेछ भनेका छन् र सबैलाई थाहा छ कि अवस्था यहि रहिरहेमा यो सरकारले तोकिएको समयमा कुनै पनि काम पुरा गर्ने छैन। यो कुरा प्रति पनि व्यंग्य त हुने नै छ। त्यतिबेला पनि ओलीको प्रतिरक्षा गर्न कार्यकर्ता हरु तम्तयार भएर बस्न पर्नेछ।

चाइनाबाट रेल ल्याउछु भनेका छन्, काठमान्डूमा मोनोरेल चलाउछु भनेका छन्, चाइनाबाट रेल आएन भने पनि ओलीले व्यंग्य सहनुपर्नेछ । काठमाडौमा मोनोरेल चलेन भने पनि व्यंग्य त गर्ने नै छन् जनताले । कथंकदाचित रेल आयो तर रेलमा ल्याउने लाने सामान भएन भनेपनि ओलीप्रति तिखा व्यंग्यहरु हुनेछन। अझ त्यस्ता ठुला परियोजनाको कारण देश दीर्घकालीन नोक्सानमा गयो र परियोजना असफल भयो भने त ओली प्रति व्यंग्य कति हुनेछन कति। त्यो अवस्थामा पनि कार्यकर्ताले यसरि नै ओलीको पक्षमा आवाज बुलन्द गरिरहलान ?

त्यसरी नै ओलीको प्रतिरक्षामा कार्यकर्ता सिपाही बनेर उभिरहला भनेर अनुमान गर्न पनि गाह्रै छ। समाजले गरेको व्यंग्य सहन नसकेर धेरै कार्यकर्ता पलायन हुनेछन अथवा कार्यकर्ताको समाजमा मुखै देखाउन नहुने गरि दुर्दशा हुनेछ। जसरि आफ्नै गल्तिको कारण परिस्थितिसंग जुध्न नसकेर, कौरवहरुको प्रतिवाद गर्न नसकेर, पाण्डवहरुले द्रौपदीको चिरहरण लाचार भएर टुलुटुलु हेरिरहनु परेको थियो र उनीहरुको दुर्दशा भएको थियो त्यसरी नै ओलीका उडन्ते घोषणाको कारण उनका कार्यकर्ताहरु आफ्नै सिद्दान्तको प्रतिरक्षा गर्न समेत नसक्ने अवस्थामा नपुग्लान भन्न सकिदैन । त्यसैले ओलीलाई अहिल्यैदेखि सम्भव हुने कुराहरु मात्र बोल्न लगाउने कि ?

Logo