केन्द्रबिन्दु डेस्क, काठमाडौं ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने काठमाडौ भ्रमण सकेर फर्केकी छन् । तर उनको भ्रमणले नेपालको राजनीतिमा उत्पन्न गरेको तरंग भने अझै वाँकी छ र केही समय अझै रहिरहने पक्का छ । आखिर उनको भ्रमणले के के तरंग सिर्जना गरेको छ त ?
१.
निमन्त्रणा विनाकै भ्रमण । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल सरकारको आधिकारिक निमन्त्रणा विना नै नेपालको भ्रमण गरेको भनी आलोचना भएको छ । नेकपा एमालेका अध्यक्ष जो अहिले कुनै सरकारी तहमा छैनन् उनको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतको रुपमा उनी आएकी थिइन् । आधिकारिक सरकारी तहबाट कुनै निम्तो नगइकन भ्रमण गर्न हुन्छ कि हुँदैन भन्ने अन्योल नै बाँकी छ ।
२.
स्वराजको भ्रमणको विषयमा नेपालको परराष्ट्र मन्त्रालयलाई थाहा थियो कि थिएन ? भ्रमणको वारेमा सरकारी तहमा अन्तिम समयमा जानकारी गराइएको भनी टिप्पणीहरु भईरहेका छन् । यद्यपी अर्थ राज्यमन्त्री विमानस्थलमा उनको स्वागतको लागि पुगेका थिए ।
३.
स्वराजले नेपाल भ्रमणको समयमा पूर्व प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरुसंग भेटघाट गरिन् । तर ती भेटघाटहरुमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुको कुनै उपस्थिती नै थिएन् । यसले गर्दा नेपालको कुटनीतिक आचारसंहिताको उल्लंघन भएको भनी आलोचना भईरहेको छ ।
४.
भ्रमणको समयमा वारेमा पनि व्यापक आलोचना भईरहेको छ । विशेषगरी नेपाल नयाँ सरकार नवन्दै हतारामा भारतले विदेशमन्त्रीलाई पठाउन नहुने भनी आलोचना भईरहेको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले त सामाजिक सन्जाल मार्फत नै सो भ्रमणको व्यापक आलोचना गरे ।
५.
नेकपा एमालेका अध्यक्ष ओली र स्वराजको वीचमा भएको गोप्य भेटवार्ताले वामगठवन्धनमा खैलावैला सिर्जना गरेको छ । भारतले ओलीलाई काखी च्यापेर आफुहरुलाई माइनस गर्न खोजेको वुझाई माओवादी नेताहरुको रहेको छ । विशेषगरी भारतले दुई मधेशवादी दलहरुलाई सरकारमा ल्याएर माओवादीलाई माइनस गर्न खोजेको वुझाई छ ।
६.
भ्रमणले ओलीको राष्ट्रवादलाई पनि संकटमा पारिदिएको छ । दुतावास भोजमा नगएका ओली सुष्मा स्वराजलाई भेट्नकोलागी सोल्टी होटलमा गएको र विगतमा गरेका गल्तीहरुको वारेमा सरी भनेको भनी व्यापक आलोचना भईरहेको छ ।
७.
सो भ्रमणले मधेशवादी दलहरु र नेपाली कांग्रेस र मधेशवादी दलहरुमा पनि खैलावैला उत्पन्न गरेको छ । भारतले आफुहरुलाई माइनस गरेर ओलीलाई अगाडी वढाउन खोजेको दुवैको वुझाई छ । मधेशवादी दल चाहि अब ओली र भारत मिलेमा आफ्नो संविधान संशोधनको एजेण्डा कमजोर हुने भन्दै चिन्तित छन् ।































प्रतिक्रिया