केपी ओली र राजेन्द्र महतोको प्रसंग आउनेवित्तिकै तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले बालुवाटारमा बोलाएको बैठकको सम्झना धेरैलाई दिलाउँछ । त्यही बैठकमा ‘एक मधेस एक प्रदेश’को प्रसंगमा ओलीले भनेका थिए, ‘सम्म भूभागजति सबै मधेसको हुने भए यूपी र बिहार पनि सम्मै छ, कि त्यता पनि जाने ?’ ओलीको जवाफले महतोसहित बैठकमा सहभागी उपेन्द्र यादव, महन्थ ठाकुर आगोमात्रै भएनन्, त्यही तित्ततापूर्व शब्दले धेरै हानी ग¥यो ।
एमाले स्थानीय तह र प्रतिनिधिसभा÷प्रदेशसभा चुनावमा दुई नम्बर प्रदेशबाट बढारियो । मधेसी दलले संविधानको समर्थन गर्न सकेनन् । हुँदा हुँदा एमालेको सभामा गोली चल्दा चार जना युवाले ज्यानै गुमाए ।
प्रतिनिधिसभा÷प्रदेशसभा चुनावमा एमालेले आफ्ना कट्टर आलोचक राजेन्द्र महतोलाई समर्थन गरेर धनुषा ३ बाट जिताएसँगै सुधारिएको सम्बन्ध अझै प्रगाढ बन्ने संकेत देएिको छ । तर, महतोको प्रयासमा पार्टीका नेताहरु नै बाधक देखिएका छन् ।
महतोकै जोडबलमा राष्ट्रियसभा निर्वाचनमा एमाले नेतृत्वको बामपन्थी गठबन्धनसँग राजपा र संघीय समाजवादी फोरम, नेपालले सहकार्य गर्ने विषयमा कुराकानी भए पनि सफल भएन । महतोलाई काउन्ट गर्न अध्यक्ष मण्डलका नेताहरुले संविधान संशोधनमा एमालेको ल्याप्चे मागेपछि कुरा मिलेन ।
महतो निकट राजपा महामन्त्री मनीषकुमार सुमनले एमाले र मधेसवादी दलको दूरी कम हुँदै गएको स्वीकार गरे । उनको भनाइ थियो, ‘तर दलीय विवाद जीवनभर ररिहरने कुरा होइन ।’
महतो निकट एक नेताका अनुसार महतोको भित्री उद्देश्य भनेको वामपन्थी नेतृत्वको सरकारमा सहभागी हुने रहेको बताइएको छ । त्यसका लागि उनले एमालेका प्रायः सबै नेताहरूसँग छलफल गरिसकेका छन् ।
चुनावको परिणाम आएलगत्तै ओली नेतृत्वको सरकारमा उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम सहभागी हुने निश्चित भइसकेको थियो । त्यसबेलासम्म अरु पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा ओली र यादवबीच कुनै समझदारी भएको थिएन ।































प्रतिक्रिया