यसरी मोडिदैछ एमाले – माओवादीको ध्यान एकताबाट सत्ताप्राप्तीमा

यसरी मोडिदैछ एमाले – माओवादीको ध्यान एकताबाट सत्ताप्राप्तीमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क ।

एमाले र माओवादीको शिर्ष नेताले पार्टी एकता कुनै पनि हालतमा हुने भन्न छाडेका छैनन । एमालेका अध्यक्ष केपी ओलीले त एकताको विपक्षमा लागेका प्रयासहरुले यसपटक घाम ताप्ने र यही हिउँदमा कुनै पनि हालतमा एकता हुने वताईरहेकै छन् । अनि प्रचण्डले चाहि एमाले अध्यक्ष केपी ओली र आफुले एकताबाट पछाडी नफर्कने कसम खाईसकेको समेत वताईसकेका छन् ।

तर आजसम्मको यथार्थ के हो भने केही अनौपचारिक वार्ताहरु वाहेक एकताको प्रयासले सार्थकता प्राप्त गरेको छैन् । आजसम्म एकताको सैद्धान्तिक र सांगठनिक आधारहरुको वारेमा कुरो मिल्न सकेको छैन् । तत्काल एकताको सम्भावना समेत न्युन हुन गईरहेको छ । त्यसैले होला केही दिन यताको घट्नाक्रमलाई हेर्ने हो भने दुवै दल वाहिर एकताको कुरा गर्ने तर भित्र चाहि सत्ता प्राप्तीको अभियानमा लागि सकेको देखिन्छ ।

एमाले अध्यक्ष केपी ओली थाइल्याण्ड जानुभन्दा अगाडी एकताको लागि कार्यदल वनाउन छलफल भएपनि त्यसमा सहमति हुन सकेन । वरु एकताको कुरालाई पछाडी थन्काएर राष्ट्रिय सभाको निर्वाचन तथा सात वटा प्रदेशमा मुख्यमन्त्री लगायत अन्य भागवन्डा गर्नको लागि कार्यदल वनाउने निर्णय भयो र सो कार्यदलले आफ्नो काम गरिरहेको छ ।

वास्तवमा दुई पार्टीका नेतालाई थाहा छ कि तत्काल पार्टी एकताको सम्भावना छैन् । पहिलो, पार्टी एकताको लागि पार्टी अध्यक्ष आफुले प्राप्त गर्नुपर्ने माओवादी केन्द्रको माग छ । यसमा उ कुनै पनि हालतमा लचकता अपनाउने पक्षमा देखिदैन । दोस्रो, एमाले कुनै पनि हालतमा पार्टी अध्यक्ष प्रचण्डलाई वनाउने पक्षमा छैन । यति मात्र होइन एमाले र माओवादीका दोस्रो तहका नेताहरुको व्यवस्थापन अर्काे महत्वपूर्ण पक्ष हो जसमा सहमति जुटाउने कार्य निकै कठिन देखिन्छ ।

सहअध्यक्षको अवधारणमा गएर प्रचण्डलाई ‘एडजष्ट’ गरेमा पार्टी एकिकरण हुने एमालेको वुझाई छ । तर माओवादी त्यसमा सहमत हुने अबस्थामा छैन । त्यसैले पनि तत्काल पार्टी एकताको सम्भावना छैन । एकता नहुने भएपछि एमालेको पहिलो प्राथमिकता माओवादीको समर्थनमा सरकार वनाउनु हो ।
त्यसका लागि यस अगाडी गरेझै महत्वपूर्ण पदहरु माओवादीलाई दिनको लागि एमाले तयार छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री वन्नका लागि पार्टी अध्यक्ष छाड्ने वाहेक अन्य सबै महत्वपूर्ण पदहरु दिनका लागि तयार छन् ।

उता माओवादी भित्र पनि पार्टी एकताको रिस्कमा लाग्नुभन्दा एमालेसंग सहकार्य गरी महत्वपूर्ण पदहरु हत्याउनुपर्ने धारणा प्रवल वन्दै गएको छ । महत्वपूर्ण पद लिईसकेपछि ओलीलाई दिएको समर्थन आफुले चाहेको समयमा फिर्ता दिन सकिने माओवादीको धारणा छ । त्यसैले एमाले र माओवादीको ध्यान यतिवेला एकता होइन सत्ता प्राप्तीतिर नै देखिन्छ । दुवैलाई अहिले सत्तामा आफ्नो हिस्सा ग्यारेन्टी गर्नुछ ।

Logo