राजनीतिमा रुचाइएका ‘एक्स्ट्रा’ पात्र मानिन्छन् लालबाबु पण्डित । सामान्य प्रशासन मन्त्री हुँदा चर्चामा आएका लालबाबु कम खर्चमा चुनाव जित्ने, स्पष्टबक्ता र इमान्दार नेता मानिन्छन् । उनी राजनीतिमा लागेर ‘सेलिब्रेटी’ समेत बनिसकेका छन् । प्रस्तुत छ, नेकपा एमालेका नेता तथा मोरंग ६ बाट प्रतिनिधि सभामा निर्वाचित उनै पण्डितसँग केन्द्रबिन्दु डट कम र केन्द्रबिन्दु टिभीकालागी संवाददाता एस के बैश्यले गरेको कुराकानी ।
चुनाव
मोरंङलाई नेपाली कांग्रेसको गढ मानिन्छ, तपाईले कसरी जीत हात पार्नुभयो ?
– मोरङ नेपाली काँगे्रसको कार्य थलो त हो तर पहिलो कम्यूनिष्ट आन्दोलन र नेपालको पहिलो कम्यूनिष्ट पार्टीका प्रधानमन्त्री मनमोहन अधिकारी, जननेता मदन भण्डारी र पुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको समेत सोही क्षेत्र नै कार्य थलो हो । कहिले काँगे्रस पार्टी आगाडि देखिन्छ भने कहिले कम्यिुनिष्ट पार्टी अर्थात नेकपा एमाले आगाडि देखिन्छ । त्यसकारण यस पटकको निर्वाचनमा डा.शेखर कोईराला र मेरो प्रतिस्पर्धा भएको थियो । मैले जितेकोे छु । मोरङमा ६ वटा क्षेत्र छन् । त्यस मध्ये ५ वटा क्षेत्रमा बामपन्थी गठबन्धनले जितेको छ । प्रदेश सभा तर्फ १२ क्षेत्र छ त्यस मध्ये ७ क्षेत्र बामपन्थी गठबन्धनले जितेको छ । त्यसकारणले भन्न मिल्दैन की नेपाली काँग्रसको मात्र गण हो ।
काँगे्रसको नाम चलेका डा. शेखर कोइराला जस्तो हस्तीलाई नै ढलाउनु भयो नि ?
– जनताको विश्वास, जनलहर र बामपन्थी गठबन्धन लालबाबु पण्डितको पक्षमा थियो । त्यसकारणले यस पटक बामगठबन्धनका उम्मेदवार लालबाबु पण्डितलाई जनताले जिताएको हो । डा शेखर कोईराला २ पटक यहाँ जित्नु भएको थियो । यस पटक जनताको विश्वास जित्न उहाँले सक्नु भएन, लाल बाबु पण्डितले सके र जिते पनि ।
मैले पहिल्यै भनेको थिएँ, पुस्तौनी विरासत बाट अब जनताले नेता चुन्दैनन् । काम गर्ने भन्दा पनि राम्रो काम गर्ने नेतालाई जनताले चुन्छ । यस पटक पनि त्यही भएको छ ।
सानदार जीत हासिल गर्नुभयो, अव के हुन्छ ?
– मत परिमाण आईसेकेको छ । तर, दुर्भाग्य अहिले सम्म हामीले सपथ ग्रहण गर्न सकेका छैनौ । जितेर पनि नयाँ सरकार बनेको छैन् । किन भन्नुहुन्छ भने सत्तामा बस्नेहरुलाई ‘२÷४ दिन भए पनि रमाउन पाउँ’ जस्तो लागेको छ । निर्वाचन आयोग कै कतिपय पदाधिकारीलाई लागेको छ की यहीबेला च्याँखे थापेर आफ्नो भविश्य बनाउँ । मलाई लाग्छ अब बढीमा सवा १ महिना भित्र नै बामपन्थी गठबन्धको सरकार बन्छ । मुलुक विकास गतिमा, समृद्धिको साथमा बढ्छ ।
अवको दावी
‘म गृहमन्त्री भएँ भने ५० प्रतिसत अपराध घटाउँछु’ भन्नुको अर्थ के हो ?
– म मन्त्री भएकै बेलामा कतिपय मन्त्रायलको बारेमा बोलेको थिएँ । कि त्यहाँ काम गर्नलाई अझै धेरै आवश्यक छ । र, म मन्त्री बाट हटे पछि पनि मैल भनेको थिएँ की सुधारको जहाँ जहाँ आवश्यकता छ, त्यहाँ निश्पक्ष तारिकाले लगनशील भएर काम गर्नुपर्छ । गृहमन्त्रालयमा इमान्दारी पुर्वक काम गर्ने हो भने र मैले मेरो ‘प्लान’ अनुसार काम गर्ने हो भने ६ महिना भित्रमा देशको ५० प्रतिशत अपराध घट्छ । दण्डहिनता बाट नेपाललाई मुक्त गराउनु मेरो लक्ष्य हो ।
तपाईंले घुमउरो भाषामा गृहमन्त्रालयमा दावी गर्नु भएको होइन र ?
– मैले कुनै पनि मन्त्रालयमा कुनै पनिखाले दाबी गरेको छैन । गृहमन्त्रालयको बारेमा मात्र होइन शिक्षा, स्वास्थ्य, भुमिसुधार, लगायतका मन्त्रालयको बारेमा पनि बोलेको छु । मैले यति धेरै भन्दाखेरी सिधा जनता सँग प्रत्यक्ष सरोकार रहने मन्त्रालयको बारेमा बोलेको छु । र मैले मलाई यो मन्त्रालय देउ भनेर कुनै माग गरेको छैन । त्यसै कारणले गर्दा मलाई जहाँ जे जिम्मेवारी दिईन्छ, त्यो जिम्मेवारी म पुरा गर्छु । होईन भने जनताले मलाई अहिले प्रतिनिधि सभाको सदस्य बनाएको छ, त्यहाँबाट म आफ्नो जिम्मेवारी पुरा गर्छु ।
नेपालमा कस्ता–कस्ता अपराध हुन्छन् ?
– अपराधको सुची त निरन्तर आईरहेका छन् । ठुल–ठुला अपराधहरु बैंक ठग्ने– लुट्ने, सरकारको राजश्व ठग्ने, अनियमित काम गर्ने, भ्रष्टाचार गर्ने, हत्या आतंक मच्चाउनेदेखि लिएर हरेक कामहरु जुन भएको छ, त्यसको विवरण सञ्चारकर्मी संग पनि छ । प्रहरी प्रशासन र जनताहरु संग पनि छ । तर दण्डित नभएकोले गर्दा अपराधी सुरक्षित छन् ।
सर्वोच्च अदालतले फैसला गरेका कतिपय अपराधीहरुले भाषण गर्दै हिड्छन्, मलाई थुन्ने को हो ? कोई छ ? भनेर । त्यो अपराध बोलेको हो या न्याय बोलेको हो ? त्यसकारणले म चाहीँ के चाहन्छु भने यो देशमा न्याय बोल्नु पर्छ । अन्याय अत्याचार समाप्त हुनु पर्छ ।
तपाईंले घटाउन सक्ने अपराध के–के हुन् ?
सबै अपराध घटाउन सकिन्छ । सबै अपराधीहरुलाई दण्डित गर्न सकिन्छ । हाम्रो सुरक्षा निकाय अन्तर्राष्ट्रिय स्तरमा सक्षम छ । तर, केही कुराको कमी छ । त्यसलाई हटाउन सकियो भने समस्या समाधान हुन्छ ।
तपाईंले अपराध घटाउँछु भनिरहँदा तपाईंको पार्टीले नाम चलेका गुण्डाहरुलाई ‘प्रमोट’ गरिरहेको तपाईंलाई थाहा छ ? (मनाङमा दिपक मनाङेलाई समर्थन गरेर जिताउनुको अर्थ के हो ?)
– अब मलाई केही केही चाहीँ कुरा आईरहेको छ । तर उनीहरुलाई ‘प्रमोट’ गर्ने कुरामा पार्टीका केही ब्यक्ति अलि अलि लागेको हुन सक्छन् । तर, पार्टी लागेको छैन् । र मैले भन्ने गरेको छु, पार्टी भित्रको कोई गलत मान्छे छ भने उ पनि दण्डित हुनु पर्छ । दिपक मनाङेको सन्दर्भमा भन्नु पर्दा पार्टीले कुनै समर्थन वा सहयोग गरेको छैैन् ।
राजनीतिमा नेताहरुले कत्तिको ढाँट्छन् ? तपाईं कत्तिको ढाँट्नु हुन्छ ?
– ढाँट्ने पनि छन् ,इमान्दार पनि छन् । जस्तो समाज छ त्यसको प्रतिविम्ब नै त हो, राजनीति । देशलाई ढाँट्ने खालका नेता पनि छन् । कतिपय नेता पद पाए सबै अपराध गर्न पनि तयार छन् । तर पद नपाए पनि कुनै अपराध नगर्ने नेता पनि छन् । अपराधै अपराधमा मुछिएका नेता पनि छन् ।
म कत्तिको ढाँट्छु भन्ने कुरामा जनताले आकंलन गर्ने कुरा हो । सयमा सय प्रतिशत शुद्ध केही पनि हुदैन् । तर शुद्ध हुने कोसिस त गर्नुपर्छ नि ।
पार्टीका कुरा
एमाले मधेस विरोधी हो वा मधेसी नेताको ? (तर आम आरोप त मधेस विरोधी भन्ने छ नि ?
– एमाले सबैभन्दा बढी तुलनात्मक रुपमा तराई मधेशको पक्षधर पार्टी हो । विकासको पक्षधर हो । विभेदको अन्त्य गर्न चाहने पार्टी हो । तर जो विभेदको जगमा उभिएर निहित स्वार्थको निम्ती र कतिपय त अरुको ‘बुख्याँचा’ बनेर एमालेलाई आरोप लगाइरहेका छन् तिनीहरु आफ्नै बोलीले कमजोर भएका छन् । यसले पनि प्रमाणित हुन्छ की एमाले मधेश विरोधी होईन, मधेशप्रेमी हो । जनताले सबैभन्दा बढि मन पराएको पार्टी एमाले नै हो । निर्वाचनको परिणामले पनि प्रमाणित गरेको छ ।
अर्को कुरा अरोप लगाएर हुँदैन प्रमाणि गर्नु पर्छ । मधेशको क्षेत्रमा म आफैं जितेको छु । हृदेश त्रिपाठी जितेका छन् । हाम्रा धेरै साथीहरुले मधेशबाटै जीत हासिल गरेका छन् ।
तपाईंको नजरमा मधेसवादी पार्टीहरु को कस्ता छन् ? (खासमा २ वटा पार्टी)
– यिनीहरुको जन्म हुँदा चाहीँ राष्ट्रिय पार्टीको रुपमा भएको थिएन । क्षेत्रियवादी पार्टीको रुपमा क्षेत्रिय स्तरको सोच लिएर आगाडि बढेका थिए । राष्ट्रिय पार्टी भनेर ठुल–ठुला कुरा गर्छन तर ब्यवहार राष्ट्रय पार्टीको जस्तो गर्दैनन् । भविष्यमा चाही सिङ्गो नेपाल र नेपालीको हितमा काम गरेर राष्ट्रय पार्टी बनुन । कतिपय पार्टीले राष्ट्रिय पार्टी बन्न प्रयास गरेका छन् भने कतिपयले प्रयासै गरेका छैनन् । उनीहरुको सकारात्मक प्रयास भइरहोस् ।
कांग्रेस चाहिं कस्तो पार्टी हो ?
– परम्परामुखी, इतिहास बोकेको, भविष्य नदेख्ने, अवसर पाउने तर अवसरको सदुपयोग नगर्ने, नेता देख्ने तर जनता कम देख्ने खालको पार्टी हो । कुनै पनि राजनैतिक दलहरुले एजेन्डा उठाउने र त्यो एजेन्डामा कांग्रेस पछि मात्र सहमत हुने खालको पार्टी हो । र अहिले अवस्थामा कांग्रेस कर्तब्य विमुख भएको पार्टीको रुपमा देखिन्छ । समास्या सुल्झाउन नस्कने, विदशीले के भन्छ त्यही अनुसार अघि बढ्ने खालको पार्टी भएको छ ।
माओवादी केन्द्रसँग एमालेको मिल्न बाँकी ‘प्वाइन्ट’ के–के हुन् ?
– अहिलेसम्म माओवादीसँग मिलेको कुरा भनेको चुनावताका भएको कार्यगत एकता हो । अहिले माओवादीसँग एमालेको पार्टी एकताको विषयमा छलफल जारी छ । कतिपय बैचारिक, कतिपय संगठनीक र कतिपय नेताहरुको ब्यवस्थापनको पक्षमा टुङ्गो लाग्न साथ पार्टी एकता हुन्छ ।
माओवादी केन्द्रसँगको मिलन पछि एमाले कस्तो पार्टी बन्छ ?
– बाम गठबन्धन सकिन्छ । एउटै पार्टी बन्छ । नेपाल र नेपालीको हितमा उत्साहित भएर काम गर्ने छ । समाजबादको बाटो तर्फ उन्मुख नेपालको संविधान तथा लोकतान्त्रिक गणतन्त्रको संविधानलाई बोकेर देशलाई समृद्ध बनाई, नयाँ आयमका साथ आगाडि बढ्ने पार्टीको रुपमा आगामी दिनमा चिनिन्छ । साथै विकास र समृद्धिको बाटोतिर लाग्ने पार्टीको रुपमा चिनिन्छ ।
नेपालमा धेरै पार्टीको अवश्यकता छैन । थोरै पार्टीले नेपाली जनताको हितमा लागेर काम गरे पुग्छ । अब पार्टीको मिलनपछि देश मुलरुपमा २ पार्टी ‘सिस्टम’ अनुसार आगाडि बढ्छ । वीचमा केही–केही च्याँखे थाप्ने पार्टीहरु देखा पर्छन र उनीहरु केही समय पश्चात समाप्त भएर जान्छन् ।
एमालेलाई नाम मात्रको कम्यूनिष्ट पार्टी भन्नेहरुलाई के भन्नु हुन्छ ?(एमाले कम्यूनिष्ट पार्टी नै हो भन्ने तर्क तपाईंसँग के–के छन् ?)
– एमाले नाम मात्रको कम्युनिष्ट होईन, कम्युष्टि पार्टी नै हो । तर परम्परागत कम्युनिष्ट पार्टी होईन । नेपाल र नेपालीको हितमा निर्णय लिने, समय सापेक्ष आफुलाई परिवर्तन गर्दै देश र जनताको पक्षमा काम गर्ने पार्टीको रुपमा रहेको छ नेकपा एमाले ।
भविश्य
तपाईंको चर्चा त राष्ट्रपतिमा पनि भइरहेको छ ? तयार हुनुहुन्छ ?
– मैले पटक पटक भनेको छु, पार्टीको अवश्यकता, देशको अवश्यकता अनुसार मलाई जहाँ जिम्मेवारी प्राप्त हुन्छ, त्यही इमान्दारी पुर्वक काम गर्छु । राष्ट्रपतिमा योभन्दा पहिला पनि चर्चा भएकै हो । म अहिले पनि भन्छु मलाई पार्टीले जुन ठाउँमा काम गर्न भन्छ म खुसी साथ काम तयार छु । चाहे त्यो राष्ट्रपतिमा होस वा जुनसुकै मन्त्रालयमा ।
गृहमन्त्री वा राष्ट्रपति हुनुभयो भने साइकल नै चढ्नु हुन्छ कि सुरक्षा घेरामा जानुहुन्छ ?
– राष्ट्रको आवश्यकता अनुसार म सरकारी पदमा रहँदा राजकीय मर्यादा अनुसार नै सवारी साधन प्रयोग गर्छु । म सधँै नै सईकल चढ्छु भन्दिन । सरकारी पदमा रहँदा कामको अवश्यकता अनुसार जुन साधन उपयुक्त हुन्छ म त्यही साधन चढ्छु । यदी राजकीय मर्यादा अनुसार सुरक्षा घेरामा नै हिड्नु पर्छ भने म सुरक्षा घेरामा नै हिड्छु ।
लालबाबु पण्डितको अवको योजना के–कस्ता छन् ?
– मैैले यो अन्तर्वार्ता मार्फत धेरै कुरा बताईसकेँ । आफुले परिवर्तनको लागि सधै सकारात्मक सोच राखेर आगाडि बढ्छु । अग्रणी भूमिका खेल्छु । र, जनताले दिएको जिम्मेवारी इमान्दारी पुर्वक पुरा गर्छु । र कुनैपनि जिम्मेवारी नभएको बेलामा पनि असल नागरिकको भूमिकामा रहने छु ।





























प्रतिक्रिया