केन्द्रबिन्दु सम्बाददाता
काठमाडौँ, २९ पुस । चौधो पटक अनसन बसेका डा. गोविन्द केसीले छैठौ दिनमा आज शनिबार अनसन तोेडेका छन् । उनलाई त्रिवि शिक्षण अस्पताल अगाडि जुत्ता सिउँदै आएका सिरहाका नथुनिया मोचीले जुस पिलाई अनसन तोडाएका थिए । केसीले किन मोचीलाई नै डाके ? प्रस्तुत छ, केन्द्रबिन्दु टिभीकालागी संवाददाता एस.के बैश्यले मोचीसँग गरेको छोटो कुराकानी –
किन जानु भयो तपाई डा. गोविन्द के.सी भएको ठाउँँमा ?
म डा. गोविन्द के.सी भएको ठाउँमा उहाँलाई जुस खुवाउन गएको हुँ । उहाँ गत सोमबारदेखि स्वाथ्य क्षेत्रको सुधारको लागि अनसन बस्नु भएको थियो । हिजो राती सरकार संग केही सम्झौता भएपछि उहाँले अनसन तोड्नु भएको हो ।
कसरी तपाई त्यहा पुग्नु भयो ?
म यहाँ त्रिवि शिक्षण अस्पताल आगाडी विगत ३ बर्षदेखि जुत्ता सिउँदै आएको छु । त्यही भएर डा .साहेबले सधैै मलाई देखि राख्नुहुन्थ्यो । र मैले पनि उहाँलाई सधै नमस्कार गर्थे र मलाई उहाँ राम्रोसंग चिन्नु हुन्थ्यो । त्यसैले डा. साहबको नजिक भएका एक जना मान्छेले मलाई बोलाएर लैजानु भयोे र मलाई जुस खुवाउन लगाउनु भयो ।
तपाईलाई जुस खुवाउँदा कस्तो अनुभव भयो ?
मलाई राम्रो र खुसी लागेकोे अनुभव भयो । उहाँले मेरो हातबाट आज विहना १० बजे जुस खाएर अनसन तोडेपछि मलाई धेरै नै खुसी लाग्यो ।
डा. गोविन्द केसी किन अनसन बस्नु भयो थाहा छ ?
मलाई राम्रो संग थाहा छैन तर पनि उहाँ स्वास्थ्य क्षेत्रको सुधारको लाागि अनसन बस्नु भएको मैले पनि सुनेको हुँ । उहाँँ एकदम धेरै राम्रो मान्छे हुनुहुन्छ ।































प्रतिक्रिया