‘बाम गठबन्धन टुट्नै पर्छ भनेर मैले भनेकै हो ।’

‘बाम गठबन्धन टुट्नै पर्छ भनेर मैले भनेकै हो ।’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव हुन् मनिष कुमार सुमन, ४१ । विद्यार्थी संगठनवाट राजनीति छिरेका उनी विद्यार्थी मञ्चको सचिव हुँदैै पार्टीको मुल नेतृत्वमा आइपुगेका छन् ।
स्पष्ट बक्ता र युवा जोशका धनी मनिष यस पटक प्रदेशसभाको चुनावमा सप्तरी २(ख) वाट निर्वाचित भएर प्रदेश नं २ को मूख्यमन्त्रीको दावेदार भएका छन् । प्रस्तुत छ, नयाँ सरकार, बाम गठबन्धन र राजपाको भावी योजनाका सम्बन्धमा केन्द्रित गरेर केन्द्रविन्दु डटकमकालागी संवाददाता एस.के. बैश्यले गरेको कुराकानीको संक्षिप्त अश –

तपाईले केही दिन अगाडी बाम गठबन्धन टुट्नु पर्छ भन्नु भएको थियो किन ?
– किनभने बाम गठबन्धनले देशलाई कम्युनिष्टकरण गर्छ । बाम गठबन्धन जुन दिन आफैमा गठबन्धित हुँदै थियो, त्यो दिन उहाँँहरुले प्रस्तुत गरेको सात बुँदे प्रस्ताव र सोेही दिन ती नेताहरुले राष्ट्रिय सभा गृहमा दिएका अभिब्यक्ति पश्च्यात तिनका नेता कार्यकर्ताहरुको धारण सुनेर के लाग्थ्यो भने ‘नेपाललाई पनि चाइना जस्तै एकदलीय लोकतन्त्र लाई बढावा दिनका लागि कम्युनिष्टहरुले बाम गठबन्धन निर्माण गरेर सरकार बनाउने उद्देश्य लिएका छन् ।’ तर उहाँँहरुकोे सोचलाई हालै सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनको परिणामले निराश बनाएकोे छ ।

बाम गठबन्धनले बहुमत त ल्यायो तर २ तिहाई बहुमत ल्याउन सकेन । बाम गठबन्धनको दुई तिहाई बहुमत आईदिएको भए उहाँहरुसँग संविधान संसोधन गर्ने ल्याकत हुन्थ्यो । र उहाँहरु संविधान संसोधन कम्युनिष्ट पाराले गर्नु हुन्थ्यो । जसरी आज हामी बहुदलीय प्रजातन्त्रको उपभोग गरिरहेका छौं, त्यसैगरी भोलीका दिनमा बहुदलिय प्रजातन्त्रको उपभोग गर्न सक्दैन्थ्यौं होला । जसरी आज हामीले न्यायलय लगायतको क्षेत्रमा विश्वास राखेकाछौ, त्यहाँ पनि पक्कै हस्तक्षेप हुन्थ्यो होला । योे बहुजातिय देशमा लोकतन्त्रिक सरकार निर्माण भए मात्र देश अगाडी बढ्छ । नकी बाम गठबन्धनले बनाउने जस्तो सरकार । त्यसैले बाम गठबन्धन टुट्न जरुरी छ भनेर मैले भनेकै हो ।

के बाम गठबन्धनले सरकार चलाउन सक्दैन ?
– चलाउन त सक्ला । विगतमा उहाँहरुको नेतृत्व जनताले देखेका छन् । एमाले अध्यक्ष ओली मधेश विरोधी गतिविधीमा बढि सक्रिय छन् । एमाले संघीयता नचाहने मध्येको पार्टी हो । माओवादीले पनि संघीयताको नारा लगाएर २० हजार भन्दा बढी जनतालाई बलिमा चढाएकै हो ।

माओवादी पनि अन्तरिम संविधान बनिरहेको राती अचानक संघीयताबाट गायब भएको थियो । संघीयता मधेश अन्दोलनको उपदेयता हो, यो सबैले स्वीकार्नु नै पर्छ । मधेश अन्दोेलन पश्च्यात मात्र संविधान संसोधन गरेर संघीयता राखिएको हो । तसर्थ संघीयता आम जनताको साथै मधेशको सबैभन्दा ठुलो सम्पति हो । बाम गठबन्धनको सरकार बन्यो भने यो सरकारले संघीयता प्रति त्यति रुची राख्दैन होला । त्यसकारण सरकार चलाउन सक्छ कि सक्दैन भन्ने कुरा सरकार बनेपछि मात्र थाहा हुन्छ ।

प्रचण्ड नै प्रधानमन्त्री बन्नु पर्छ भनेर सार्वजनिक रुपमा नै भन्नुभयो, किन ?
– बाम गठबन्धनको सरकार बन्यो भने ओलीजी भन्दा प्रचण्डजी राम्रो हुनु हुन्छ । अन्य जुनसुकै सरकार बनेता पनि मेरो विचारमा प्रधानमन्त्रीका उम्मेदवार मध्ये प्रचण्डजी अलि राम्रो हुनुहुन्छ । करण के हो भने उनी केही समय यता संविधान संसोधनको पक्षमा अभिमत राख्दै आएका छन् । यो संविधान संंसोधन नगरुञ्जेलसम्म अहिलेको संविधान मधेश तथा जनजाती मैत्री हुन सक्दैन । मधेश तथा जनजाती मैत्री संविधान बनाउनको लागि संसोधनको पक्षमा प्रचण्डजी अहिले केही हदसम्म सकारात्मक देखिएका छन् । प्रचण्डजीको नेतृत्वमा सरकार बन्यो भने मधेशको मुुद्दा केही हदसम्म चाँडो सम्बोधन हुन्छ जस्तो लाग्छ । त्यही कारण मैले प्रचण्ड प्रधानमन्त्री हुनुपर्छ भनेको हो ।

प्रचण्डजीको राम्रा पक्षहरु के के देख्नु भएको छ ?
मेरो विचारमा प्रचण्डजीको राम्रो पक्ष मधेशवादी दलहरुले उठाएको संविधान संसोधनको मुद्दामा उहाँले हिजोका दिनमा प्रयास गर्नु भएको थियो । त्यही नै राम्रो पक्ष हो ।

अवको सरकारको नेतृत्व केपी ओलीले गर्ने निश्चित जस्तै छ । त्यसोभयो भने के हुन्छ ?

हिजोसम्मको ब्यवहार हेर्दा ओली प्रधानमन्त्री बने भने मधेशको मुद्दा संवोधन हुन धेरै गाहे हुन्छ । ओली हिजोका दिनमा सार्वजनिक रुपमा नै मधेश विरोधी अभिब्यक्ति दिने गर्थे । विगतमा ओलीजी संघीयता समेत चाहिदैन भन्ने नेता हुन् । अचेल चाहिं ठिकै छ भन्ने गर्छन । उनको यस्तो ब्यवहारले के देखिन्छ भने उनी प्रधानमन्त्री बने भने मधेशको लागि उपयुक्त हुदैन ।

ओेली जीको नराम्र्रो पक्ष मात्र देख्नु भएको छ ?
ओेलीजीको हिजोको ब्यवहारलाई केलाउने हो भने उनी मधेश तथा मधेशीको सवालमा असभ्य, अमर्यादित, अशिष्ट र असंसदीय बोली बाल्ने नेता हुन् । मधेशका जनताको आत्मा घोच्ने खालको अभिब्यक्ति पनि उनले दिएका छन् । उनी फेरि प्रधानमन्त्री बने भने यसलाई निरन्तरता दिन्छन् भन्ने आम मधेशका जनताको बुझाइ छ । भोलीका दिनमा उनले मधेशको लागि राम्रो काम गरे भने जनताले मुल्यांकनको लागि बिचार गर्छन् होला ।

तपाईको दृष्टिकोणमा ठुला तीन दल चाहिं कस्ता छन् नि ?
– मेरोे दृष्टिकोणमा मधेशको सवालमा यी कुनै पनि दल त्यती सक्रिय भएर लागेका छैनन् । मधेशको लागि अहिले पनि माओवादी–सर्प नाथ , काँग्रेस–नाग नाथ र एमाले–विष नाथ नै छन् ।

तपाई प्रदेश नम्बर २ मा मूख्यमन्त्रीको दाबेदार हुनुहुन्छ । तपाई मुख्य मन्त्री बन्नु भयो भने तपाईका योजनाहरु के के छन् ।
– म मूख्यमन्त्रीको दाबेदार होईन । केही साथी भाइ र शुभचिन्तकहरुले तपाई मुख्यमन्त्री बन्नु पर्छ भनेर चर्चा गरेका हुन् । चर्चा कर्ता र कामना कर्ताहरुलाई धन्यवाद । मुख्यमन्त्री बन्ने कुरो हाम्रो पार्टी राजपा नेपालको शिर्ष नेतृत्वको साथै हाम्रा विधायकहरुले जसलाई निर्वाचित गर्छन उही नै मुख्यमन्त्री बन्छ । तसर्थ म नै मुख्यमन्त्रीको दावेदार होईन ।

म मूख्यमन्त्री बने या नबने पनि हामी २ नम्बर प्रदेशका प्रतिनिधी हौं । २ नम्मर प्रदेशको नामाकरण, सिमांकन हेरफर, भाषा संस्कृृतीकोे रक्षा, संघीयताको लागि सहादत प्राप्त गर्ने सहिदहरुको उच्च मुल्यांकन, आर्थिक संभाब्यता बढाउनु, रोजगारी सिर्जना गर्र्नु लगायतको योजना राजापाको रहेको छ ।

 

Logo