ईश्वर प्रिय होलान् वा प्रकाशको चहक बढ्ला ? (भिडियो रिपोर्ट)

ईश्वर प्रिय होलान् वा प्रकाशको चहक बढ्ला ? (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ११ मंसिर ।

काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ अहिले यस्तो क्षेत्र भएको छ जसमा विगतमा भएका दुई संसदीय निर्वाचनको परिणाम, कांग्रेस नेता नरहरी अचार्यको अस्वस्थता, स्थानीय तह निर्वाचनको परिणाम र बाम गठबन्धन आदि केही दृश्यहरूले भन्छन्– आसन्न प्रतिनिधि सभा निर्वाचनमा राजधानी जिल्लाको क्षेत्र नम्बर पाँचमा वाम गठबन्धनका उम्मेदवार एमाले महासचिव ईश्वर पोखरेलको जित एकदमै सहज हुने छ । यो सतहमा देखिने कुरा भयो ।

तर अलि गहिरिएर हेर्ने हो भने यहाँ दृश्य अरू पनि छन् ।

पोखरेलका प्रतिद्वन्दी तथा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाश शरण महतको उपस्थिति आफैँमा उल्लेखनीय छ । जीवनमै पहिलो पटक प्रत्यक्ष चुनाबी उम्मेदवार बन्न पुगेका डा. महत यो क्षेत्रमा उम्मेदवार हुनुका पनि केही कारण छन् ।

यसैगरी, मंसिर २१ गते हुने चुनाबी प्रतिस्पर्धालाई रोचक बनाएको छ, विवेकशील साझाका उज्वल बहादुर थापाको उम्मेदवारीले । उज्जवलको उम्मेदवारीले पोख्रेल र महतबीचको जय पराजयको समिकरणलाई केही प्रभाव पार्न सक्ने आंकलन गरिएको छ ।

यसअघि पनि दुईपटक उठेर दुवैपटक पराजय ब्यहोरेका पोख्रेलले लगातारको हारको श्रृंखला पार गर्न सक्ने छन् ? अथवा, डा.महतले पहिलो पटक ‘निर्वाचित सांसद’ हुने सुअवसर पाउने छन् ? यसैको सेरोफेरोमा प्रस्तुत छ, यो रिपोर्ट–

Logo