कोइरालाका ज्वाईं भन्छन्, ‘विपी असामाजिक थिए’ (भिडियो रिपोर्ट)

कोइरालाका ज्वाईं भन्छन्, ‘विपी असामाजिक थिए’ (भिडियो रिपोर्ट)


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असोज

नेपालमा एउटै बाउका तीन प्रधानमन्त्री छोरा को–को हुन् भन्ने प्रश्नको सर्वमान्य जवाफ हो– एमपी, विपी र जिपी । अर्थात्– मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसाद कोइराला । यी तीनै जना पूर्व प्रधानमन्त्रीका बाबु थिए– कृष्णप्रसाद कोइराला ।

दुई विवाह गरेका कृष्णप्रसाद कोइरालाकी जेठी श्रीमतीका तर्फबाट मातृका जन्मिएका थिए भने विपी र जिपीकी आमा एउटै थिइन् । यी तीन व्यक्तित्व आधुनिक नेपालको राजनीतिक इतिहासमा अविस्मरणीय नाम हुन् ।

नेपालको राजनीतिमा प्रजातन्त्र र गणतन्त्र स्थापनाको नेतृत्व यिनै तीन भाइले गरेका थिए । नेपाली राजनीतिका यी तीन महारथीहरूको विशेषता र कमजोरीका विषयमा कोइराला परिवारका ज्वाईं तथा अध्येता धु्रवप्रसाद अर्यालसँग हामीले बुझ्ने प्रयास गरेका छौं ।

प्रस्तुत छ, अर्यालसँगको कुराकानीमा आधारित विशेष रिपोर्ट ।

 

 

Logo