हिऊँले खुट्टा गुमाएका बाबाको पेशा नै बाइक चलाउने (भिडियो कथा)

हिऊँले खुट्टा गुमाएका बाबाको पेशा नै बाइक चलाउने (भिडियो कथा)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० भदौ ।

ख्याउटे ज्यान, अली लामा दाँत, कालो–कालो बर्ण, १२ बर्षदेखि नकाटेर र नकोरेर जटा परेको कपाल । जोगीको भेषमा जीवन गुजारिरहेका यी बाबा झैं लाग्ने ध्रुब भुजेल खुट्टा खोच्याएर हिंड्छन् । किन ? किनभने उनको एउटा खुट्टा नै छैन ।

नक्कली खुट्टाले सक्कली काम गर्न नसक्दा उनी खोच्याउँछन् । तर उनलाई यसकुरामा कुनै ग्लानी छैन । र, छैन पछुतो पनि । उनीभित्र आत्मविश्वासको भण्डारनै छ । यही कारण हो, उनी विना खुट्टा बाइक चलाउँछन् । बाइक चलाउँछन् मात्र होइन, उनको पेशा नै पर्यटकलाई बाइकको पछाडि राखेर देश घुमाउने हो ।
नाल्धुम नगरकोट शेरेटोलका बासिन्दा ध्रुबलाई त्यसभेगमा बाबा भनेर चिनिन्छ ।

संसारले मानेको सत्य के हो भने फ्रेबरी १४ प्रेम जोडीहरुको चाडबाड हो । तर ध्रुब बाबाको यही फ्रेबरी १४ का दिन खुट्टा खोसियो । परिवार खोसियो, र खोसिरहेको छ, प्यारी छोरीसँगको सामिप्यता । आज उनी खुट्टा नभएको ज्यान र आफू मात्रै ओतिएको एक सदस्यीय परिवार लिएर जीवन गुजारिरहेका छन् । उनी श्रीमती र छोरीसँगको धुमिल स्मृतीमा गुजारा चलाइरहेका छन् ।  (हेर्नुहोस् भिडियो कथा)

 

Logo