वीरगन्ज ।
वीरगन्जका निजि अस्पतालहरुमा कार्यरत एमविविएस डाक्टरहरुले माग सोमबार बेलुकीसम्म सम्बोधन नगरिए मंगलबार सामुहिक राजीनामा दिने चेतावनी दिएका छन् । निजी अस्पतालमा कार्यरत १ सय ५० जना एमबिबिएस डाक्टरहरुले विभिन्न ५ बुँदे माग सम्बोधनका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल चिकित्सक संघ, एशोसियसन अफ प्राइभेट हस्पिटल इन्स्चिुसन अफ नेपाल र आफू कार्यरत अस्पतालमा भदौ १ गते ७ दिने अल्टिमेटम दिएका थिए ।
न्युनतम ६५ हजार तलब पाउनु पर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बीमा गर्नु पर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टाइनमा अस्पतालले नै सुविधा दिनु पर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउनु पर्ने र कार्यावधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निःशुल्क उपचार पाउनु पर्ने उनीहरुको माग छ । तर ७ दिनको अल्टिमेटम बितिसक्दा पनि आफूहरुको माग सम्बोधनका लागि सरोकारवाला कुनै पनि निकायले वार्ताका लागि समेत नबोलाएकाले मंगलबार सामुहिक राजीनामा दिने तयारीमा रहेको मेडिकल अफिसर एसोसियसन अफ वीरगजका उपाध्यक्ष डाक्टर विवेक यादवले बताए ।
उनले डाक्टरहरुले आफू कार्यरत अस्पताल प्रशासनलाई राजीनामा पत्र बुझाउने जानकारी पनि दिए । ‘७ दिनको अल्टिमेटम सकि सक्यो, अहिलेसम्म हामीलाई संवाद र छलफलका लागि पनि बोलाइएको छैनु, उनले भने, ‘सोमबार बेलुकीसम्म कुर्छौं, यदि हाम्रो माग पुरा गरिएन भने मंगलबार सबै जनाले सामुहिक राजीनामा दिन्छौँ ।अन्नपूर्णबाट





























प्रतिक्रिया