1
0
Shares

किन लगाए मुख्यमन्त्री शाहीले ३ सय ८१ वटा स्याउको माला ?

1
1
1

कालिकोट,

बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितका अतिथिहरुलाई ३ सय ८१ वटा स्याउको माला लगाएर स्वागत गरिएको छ । पचालझरनाको फेदमा आयोजना गरिएको विशेष गाँउसभामा पचालझरना गाँउपालिकाले प्रमूख अतिथिका रुपमा आएका मुख्यमन्त्री शाही र अन्य अतिथिहरुलाई ३ सय ८१ वटा स्याउको माला लगाइदिएको हो ।

पचालझरनाको उचाइ ३ सय ८१ मिटर रहेको संकेत दिनलाई सोही संख्या बराबर स्याउको माला लगाइएको थियो । पचालझरना नेपालकै अग्लो झरना भनी पर्यटन बोर्डमा सुचिकृतका साथै औपचारिक रुपमा घोषणा गर्न दावाव दिने उद्देश्यले गाँउसभामा आएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश सांसद कुर्मराज शाही, जिल्ला समन्वय समिति प्रमूख अनिपाल शाही, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी सहितका अतिथिहरुलाई ३ सय ८१ दाना स्लाउको माला गलाएर स्वागत गरिएको कार्यक्रममा जानकारी दिइयो ।

पचालझरना गाँउपालिका उपाअध्यक्ष तारा न्यौपानेले पचालझरनाको प्रचार प्रसार तथा विकासका लागि झरनाकै फेदमा गाँउसभा आयोजना गरिएको बताइन् । उनले गाँउसभामा स्वागत मन्तव्य दिँदै पचालझरना एसियाकै अग्लो झरना भएको दावी गरिन् । उनले भनिन्, पचालझरना हाम्रो गौरव हो । अझ त एसियाकै अग्लो झरना हो भन्ने हाम्रो दावी छ । यसलाई सम्बन्धित निकायबाट तत्काल वैधानिकता दिनका लागि ध्यनाकर्षण गराउछौँ ।
अन्नपूर्णबाट

प्रकाशित: ३१ साउन २०७६ ०६:२६ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी