सुरक्षा मापदण्ड परिपालना गर्दै घरमै बसी तीज मनाउन मुख्यमन्त्री पौडेलको आग्रह

सुरक्षा मापदण्ड परिपालना गर्दै घरमै बसी तीज मनाउन मुख्यमन्त्री पौडेलको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि जारी गरेका सुरक्षा मापदण्ड परिपालना गरेर घरमै बसी यस वर्षको तीज मनाउन आग्रह गरेका छन् ।

हिन्दू नारीको महान् पर्व हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश जारी गरी मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त गर्दै समतामूलक समाज निर्माण गर्दै सबै वर्ग, लिङ्ग, जातजाति, भाषा, धर्म र संस्कृतिका जनताको एकीकृत प्रयासबाट ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय सङ्कल्प पूरा गर्न प्रदेश सरकार अथक प्रयासरत रहेको जनाएका छन् ।

Skip This
Skip This
Logo