पाल्पामा भदौ १२ गतेसम्म निषेधाज्ञा जारी

पाल्पामा भदौ १२ गतेसम्म निषेधाज्ञा जारी

केन्द्रबिन्दु
0
Shares

पाल्पा ।

कोभिड सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न पाल्पामा निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भदौ ५ गते १२ बजे रातिदेखि भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञाका अवधिमा एम्बुलेन्स, शववाहन, खाद्य सामाग्रीवाहक सवारी साधन, औषधि बोकेका सवारी साधन लगायत अत्यावश्यक सवारी साधन मात्रै चलाउन पाइने छ । सो अवधिमा अत्यावश्यक सरकारी तथा सुरक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी र विद्युत लगायत कार्यालय खुल्नेछन् ।

व्यवसायतर्फ औषधि तथा औषधिजन्य, खाद्य, फलफूल, तरकारी, दूधका पसल बिहान ७ देखि १० बजेसम्म मात्र खुल्ने प्रजिअ न्यौपानेले जारी गरिएको निषेधाज्ञामा उल्लेख छ ।

Skip This
Skip This
Logo