आज बिहिबारदेखि दुई वटा कम्पनीले आईपिओ बिक्रि खुला गरेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले आईपिओ बिक्रि खुला गरेका हुन् ।
समाज लघुवित्तले ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको हो । जस मध्ये १ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४३ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ८० हजार ७ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीको आईपिओ गोलाप्रथाबाट ८ हजार ७० जनाले मात्र पाउने देखिन्छ । त्यसैले १० कित्ताकोलागि आवेदन दिनु उचित देखिन्छ । यद्यपि आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि दिन सकिने छ । आवेदन दिनको लागि भदौ ८ गतेसम्मको समय तोकिएको छ ।
शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । ३ जिल्ला कार्य क्षेत्र भएको यो कम्पनी सर्लाहीमा रहेको छ ।
त्यस्तै आजबाटै रिलायन्स लाइफ इन्स्योरेन्सले प्रति कित्ता सय रुपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । जस मध्ये समान ५/५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याइएको छ। बाँकि रहेको ५६ लाख ७० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।
यस अघिका आईपिओमा ५ लाख जनासम्मको आवेदन परेको थियो । यो कम्पनीको आइपिओमा २० कित्ताको लागि आवेदन दिन उचित देखिन्छ । यद्यपि लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६३ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि भदौ ८ गतेसम्मको समय तोकिएको छ ।
कम्पनीले शेयर निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीको चुक्ता पुंजी १ अर्ब ४७ करोड रहेको छ ।































प्रतिक्रिया